कृषि शाखा पाँच महिनादेखि प्रमुख विहीन

krishishakha
लाेकपाटी न्यूज

चितवन, ६ बैशाख। माडी नगरपालिकाको कृषि शाखा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन बनेको छ। कृषि सेवा केन्द्र माडीमा शाखा अधिकृत नहुँदा किसानको काम प्रभावित बनेको छ।

प्रमुख नहुँदा माडी नगरपालिकालाई समेत कृषिका योजनाहरु अघि बढाउन समस्या परेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए। माडी नगरपालिका वडा नम्बर ३ मा रहेको वसन्तपुर बजारमा रहेको कृषि सेवा केन्द्रमा प्रमुख नहुँदा किसानहरुले लिने सल्लाह, सुझाव र सेवामा समस्या परेको किसान अशोक लामिछानेले बताए ‘

कृषकहरु विभिन्न समस्या र योजना लिएर आउनुहुन्छ तर प्रमुख नहुँदा सल्लाहा सुझाव पनि दिन कठिनाई भैइरहेको छ’ कार्यालय सहायक बुद्धिराम चौधरीले भने’ ‘आफैंलाई विदा लिन समेत कठिनाई परेको छ।’

माडी नगरपालिकाले मन्त्रालयमा ताकेता गर्दा समेत कुनै सुनुवाई नभएको र कर्मचारी समायोजनले गर्दा कृषि शाखामा प्रमुख नआएको नगरपालिकाले जनाएको छ। यही वैशाख १० गतेपछि माडी नगरपालिकामा कृषि शाखा प्रमुख नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्