काठमाडौं, ४ बैशाख । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ रु ३०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको भाउ भने रु ५ ले बढेको छ । मंगलबार तोलामा रु ७२० मा कारोबार भएको चाँदीको भाउ बुधबार ७२५ मा कारोबार भइरहेको छ ।



लाेकपाटी न्यूज