५ लाख बढीको शेयर कारोबारमा प्यान नम्बर अनिवार्य चाहिने

stockk
लाेकपाटी न्यूज

काठमाडौं, ०३ वैशाख । अब पाँच लाखभन्दा माथिको शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) चाहिने व्यवस्था लागू भएको छ। नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको कारोबारमा प्यान अनिवार्य चाहिने व्यवस्था लागू गरेको हो ।

स्टक एस्चेञ्जले पाँच लाखभन्दा कम कारोबार गर्नेलाई भने प्यान लागू नहुने बताएको छ। धितोपत्रको दोस्रो बजारमार्फत कारोबार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो ।

पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि पाँच लाखभन्दा कम कारोबार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको जनाइएको छ । शेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले एस्चेञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्