काठमाडौं, २९ चैत । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनका मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६० हजार दुई सय रुपैयाँमा कारोबार भएको सरनको मूल्य शुक्रबार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मुल्य तोलाको १० रुपैयाँले घटेको हो । बिहीबार ७३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि घटेर शुक्रबार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


लाेकपाटी न्यूज