आज पनि घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold
लाेकपाटी न्यूज

काठमाण्डौं, २१ चैत । बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो ।

सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार र बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार घटेको सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँले कारोबार भएको थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्