नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा, काे–काे परे ?

cricket_pics
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भिम सार्की, हरि बहादुर चौहान, कमल सिंह ऐरी, कुशल मल्ल, मोहम्मद असिफ शेख, पवन शर्राफ, प्रतिस जिसी, रशिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

त्यस्तै आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र सेर मल्ल वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । प्रशिक्षकमा विनोद दास, म्यानेजर रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने रहेका छन् ।

नेपाली टोली ६ अप्रिलमा मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल १२ अप्रिलमा सिंगापुरसँग खेल्ने जनाइएको छ ।