ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्याे ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार तेजावी सुन ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै मंगलबार बजारमा चाँदीको मुल्य पनि घटेको छ । बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्