शेयर बजारमा पाँच अङ्कको वृद्धि

Increase share market
लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०.२३ बिन्दुले घट्दा बैंकिङ ४.५९, होटल ४०.०९, विकास बैंक २२.५४, जलविद्युत् ४.६७, वित्त ५.०५, निर्जीवन बीमा २२.०८, अन्य २.३, लघुवित्त २.११ र जीवन बीमा ५.३७ बिन्दुले बढेको छ ।

स्टककाअनुसार तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८८, युनाइटेड फाइनान्स ९.८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.३८, सिनर्जी पावर डेभलपमेन्ट ४.९५सानिमा इक्विटी फण्डका शेयरधनीले ४.९० प्रतिशतले कमाएका छन् ।

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६.१२, नेपाल हाइड्रो डेभलपर्स ४.३७, एनआइबिएल समृद्धि फण्ड ४.३०, सिझि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ बिन्दुले कमाएका छन् ।

कारोवारका आधारमा आज नेशनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक शेयर रु. दुई करोड १० लाख ३४० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रु. १ करोड ९४ लाख ६२ हजार २८१, नेशनल लाइफ इन्स्योरेन्स रु १ करोड ५७ लाख ६८ हजार ८०१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु १ करोड ३६ लाख ६३ हजार ३२० बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्