फुटबल प्रतियोगिता हुने

Football
लाेकपाटी न्यूज

कैलाली, २२ फागुन । नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखि चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोट्र्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

क्लबका अध्यक्ष दिनेश कलेलले युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

झण्डै १५ टिमको सहभागिता रहने सो प्रतियागिताको विजेता टिमले ट्रफिसहित रु. तीन लाख र उपविजेता टिमले रु. एक लाख ५० हजार प्राप्त गर्ने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले रु ३० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक खेलाडीले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको ‘म्यान अफ द म्याच’ पुरस्कार रु. दुई हजार पाँच सय तोकिएको छ ।