ह्वात्तै घट्यो सुनको भाउ

Gold
लाेकपाटी न्यूज

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बजारमा आज सुनको भाउ तोलामा रु ४०० ले घटेको हो ।

सोमबार ६१ हजार ५ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर ६१ हजार १०० मा कारोबार भएको हो ।

यस्तै आज तेजावी सुन तोलमा ६० हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरि चाँदी आज रु ७५० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्