डीपीएल : काठमाडौं गोल्डेन्सले भित्र्यायो दुई भारतीय ब्याट्सम्यान

Kathmandu Goldens001
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । धनगढी प्रिमियर लिगका लागि क्लबहरुले विदेशी खेलाडीहरुलाई धमाधम अनुबन्ध गर्दैछन् । यसैबीच लिगको तेस्रो संस्करणको लागि काठमाडौं गोल्डेन्सले बुधबार दुई भारतीय खेलाडीलाई अनुबन्ध गरेको छ ।

क्लबले भारतका दुई खेलाडी गौरव तोमर र अंकित दबासलाई क्लब भित्र्याएको हो । तमोरलाई विष्फोटक ब्याट्सम्यान हुन् भने दबास अलराउण्डर हुन् ।

नेपालमा हुने ठूला टी-ट्वान्टी लिगहरुमा गौरवले सहभागिता जनाउँदै आएका छन् । पीपीएलमा उनले काठमाडौं रोयल्स र इपीएलमा ललितपुर प्याट्रियट्सको जर्सी लगाएका थिए ।

अंकित भने भारतको झारखण्डबाट लिगहरु खेल्दै आएका खेलाडी हुन् । उनीसँग एयर इन्डियाबाट खेलेको अनुभव पनि छ । क्लबले दुवै खेलाडीलाई समान ३ हजार ५ सय अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

क्लबलाई राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी गर्नेछन् ।