काठमाडौं, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाललाई जीतका १०८ लागि रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १०७ रन बनाएको हो ।
युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए । त्यसक्रममा उनले चार चौका र एक छक्का हिर्काए । त्यस्तै साइमन अनवार र मोहम्मद बूटाले क्रमश: १४ र ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
टस हारेर पहिले बलिङ गरेको नेपालले युएईलाई खुलेर शट प्रहार गर्न दिएन । युएईलाई सस्तैमा समेट्ने क्रममा अभिनाश बोहराले ३ तथा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई/दुई विकेट लिए ।
केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।



लाेकपाटी न्यूज

