युएईद्वारा नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत

Cricket
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । युएईले नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

तीन खेलको टी-ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५३ रन जोडेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईका लागि सैमान अनवारले सर्वाधिक ५९ रन बनाए भने मोहम्मद उस्मनले ३० रन जोडे । त्यस्तै आउट हुनुअघि सिपी रिजवनले २२ रनको योगदान दिँदा मोहम्मद बूटाले २० रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई/दुई तथा सोमपाल कामी र अभिनाश बोहराले एक/एक विकेट हात पारे ।

अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।