टी-ट्वान्टी सिरिज : युएईविरुद्ध नेपाललाई तेस्रो सफलता

basanta-regmi01
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । युएईमा जारी टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

टस जितेर बलिङ गरेको नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । नेपाललाई लागि सातौं ओभरको खेलमा स्पिनर बसन्त रेग्मीले तेस्रो विकेट लिएका हुन् ।

रेग्मीले सिपी रिजवानलाई २२ रनमा खेलिरहँदा पेभेलियनको बाटो देखाएका हुन् । यसअघि नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका थिए ।