काठमाडौं, १४ माघ । नेपालले घरेलु टोली युएईसँग सोमबार तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ ।
सोमबार टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । नेपाली बलरहरुले युएईका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएका छैनन् । नेपालका लागि पहिलो विकेट सोमपाल कामीले लिएका थिए भने दोस्रो करण केसीले लिए ।
तेस्रो विकेटको रुपमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले घुलाम साबेरलाई १८ रनमा एलबिडब्यू धरापमा पारे । चौथो विकेट भने कप्तान पारस खड्काले लिए । उनले मोहम्मद उस्मनलाई २६ रनमै पेभेलियनको बाटो देखाए ।
२५ ओभरको खेल चलिरहँदा युएईले ६१ रन बनाएको छ भने ४ विकेट गुमाइसकेको छ ।



लाेकपाटी न्यूज

