नेपाली क्रिकेट खेलाडी रोहित पौडेल एक दिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन्।
युएईसँग जारी एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका खेलाडी रोहितले अर्धशतक बनाएका हुन्। उनले ५८ बलमा ५५ रन बनाएर ७ चौका प्रहार गर्न सफल भए।
सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंकाविरूद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए।
त्यसबेला शाहिद १६ वर्ष २१७ दिनका थिए। यसैगरी, रोहित पौडेल भने आज १६ वर्ष १४६ दिनका भएका छन्।



लाेकपाटी न्यूज

