काठमाडौं, १२ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहीबार मनाङ मर्स्याङ्दी र संकटा भिड्दैछन् । उपाधि नजिक रहेको मनाङलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
पाँच वर्षपछि भएको घरेलु लिगको उपाधि जित्न मनाङलाई मात्र एक जीतको आवश्यक छ । आजको खेल जितेमा मनाङले नयाँ इतिहास रच्नेछ अर्थात् कीर्तिमानी आठौं पटक उपाधिमा कब्जा गर्नेछ ।
उता संकटा पनि आज मनाङलाई रोकेर आफूलाई पनि उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्ने दाउमा छ ।आजको खेलमा संकटाले मनाङलाई पराजित गरेमा लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जानेछ ।
१० खेलबाट मनाङ ३० अंकसहित शीर्षस्थानमा छ । त्यस्तै संकटा २५ अंकसहित दोस्रो स्थानमा छ ।



लाेकपाटी न्यूज

