फिफाको नयाँ बरियता सार्वजनिक, नेपाल कति औं स्थानमा ?

FIFA
लाेकपाटी न्यूज

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल बरियतामा नेपाल एक स्थान माथि पुगेको छ । फिफाले सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान उक्लँदै १ सय ६१ औं स्थानमा पुगेको छ ।

त्यस्तै छिमेकी मुलुक भारत ९७ औं स्थानमा यथावत् छ भने माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ ।

भुटान १ सय ८६ औं स्थानमा रहँदा बंगलादेश १ सय ९२ तथा पाकिस्तान १ सय ९९ औं स्थानमा छ । श्रीलंका २ सय १ औं स्थानमा छ ।

बेल्जियम विश्व बरियतामा शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र ईङ्ल्याण्ड पाँचौ स्थानमा रहन सफल भएको छ । पोर्चुगल छैंटौ, उरुग्वे सातौं, स्विटजरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेको छ ।