सेयर बजारमा दाेहाेराे अङ्ककाे गिरावट

Share Market
लाेकपाटी न्यूज

काठमाडौं, ३० भदाै। आज साताकाे दाेस्राे दिन पनि सेयर बजारमा दाेहाेराे अङ्ककाे गिरावट आएकाे छ। साताको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावट आएको सेयर बजारमा दोस्रो दिन आज पनि उही क्रमलाई निरन्तरता दिएकाे हाे ।

सोमबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १६ अंकको गिरावट आएको छ । आज नेप्से १६.१८ अंकले घटेर १ हजार १ सय २३.८३ अंकमा पुगेको हो । सेन्सिटिभ इन्डेक्स पनि ३.६६ अंकले घटेर २ सय ४६.३५ अंकमा पुगेको छ ।

आज बजारमा १६९ कम्पनीका १२ लाख ४८ हजार ४०९ कित्ता सेयर ३४ करोड ३९ लाख १८ हजार २ सय २२ रुपैयाँमा कारोबार भए । यस दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ट्रेडिङ समूह सर्वाधिक ६.३३ अंकले उकालो लाग्यो भने बाँकी सबै सूचक ओरालो लागे । ओरालो लाग्नेमा जीवन बिमा समूह सर्वाधिक १३१.६२ अंकले ओरालो  लाग्यो ।

नेप्से घटेको दिन बजारमा छिमेकी लघुवित्त विकास बैैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १ करोड ८० लाख १९ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर ३.९८ प्रतिशतले बढेको हो । त्यसैगरी, राष्ट्रिय जीवन बिमाका लगानीकर्ताले सर्वाधिक ७.०९ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्