चार्जमा राखिएको मोबाइल छुँदा महतोको मृत्यु

Death pic
लाेकपाटी न्यूज

झापा, २६ असार । झापाको गौरदाहमा करेन्ट लागेर एक बालकको बिहीबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतो रहेका छन्।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कोठाभित्र चार्ज गर्न राखिएको मोबाइल फोन छुँदा उनलाई करेन्ट लागेको हो। ‘भिजेको हातले चार्जमा राखिएको मोबाइल फोन छुँदा घटना हुन पुग्यो’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने।

उनका अनुसार रतुवामाई १ का गोल्छा महतोका ६ वर्षीय छोरो रोशन मामा संजित महत्तोको घरमै बसेर स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए। यता इलाका प्रहरी कार्यालय गौरीगञ्जले कानूनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्