काठमाडौं, २९ जेठ । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिकाले १३–० को विशाल जित निकालेको छ।
मंगलबार राति भएको खेलमा थाइल्याण्डमाथि १३ गोल वर्षाउँदै अमेरिकाले महिला विश्वकपको इतिहासमै अहिलेसम्मको फराकिलो जित दर्ता गरेको हो। अमेरिकालाई किर्तीमानी जित दिलाउन अलेक्स मोर्गन एक्लैले ५ गोल गरिन्। महिला विश्वकप फुटबलमा यसअघिको सबैभन्दा फराकिलो जित ११–० को थियो।
सन् २००७ को विश्वकपमा जर्मनीले अर्जेन्टिनाविरुद्ध ११ गोल गर्दै कीर्तिमान राखेको थियो। मंगलबार राति भएका अन्य खेलमा नेदरल्याण्ड्सले न्यूजिल्याण्डलाई १–० ले हराउँदा स्विडेनले चिलीमाथि २–० को जित निकाल्यो।



लाेकपाटी न्यूज

