विश्वकप क्रिकेटमा आज श्रीलंका भर्सेस बंगलादेश

Sri lanka
लाेकपाटी न्यूज

काठमाडाैं, २८ जेठ। विश्वकप क्रिकेटमा मंगलबार श्रीलंका र बंगलादेश भिड्दै छन्। लामो अवधिको प्रतियोगिता हुनुका बाबजुद दुवै टोलीका लागि अर्को चरणमा स्थान बनाउने सम्भावना कम हुँदै गइरहेको छ। र, यस स्तरमा टिमका लागि एक जितले उसको सम्बन्धित बाटोका लागि आत्मविश्वास अवश्य बढाउनेछ ।

यो खेल ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन्। उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ।

बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ। एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ।

श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो। अफगानिस्तानबिरुद्ध उसले २ अंक त हासिल गरेको हो तर, उसको ब्याटिङ पंक्तिको असफलता भने निराकरण भएन। नसवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो।

अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ । उनको अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ, जसले २० एकदिवशीय खेलमा ३३५ रन र २० विकेट लिएका छन्।

ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । खेल भइहाल्यो भने पनि छोटो ओभरको हुनेछ ।