शंकास्पद गतिविधिमा संलग्न १५ पक्राउ, ६ ठाउँमा आगजनी 

Arrest pic
लाेकपाटी न्यूज

काठमाडौं, १३ जेठ । नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्चिम आठबिसकोट ४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका १२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द अन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् ।

जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका २ मा ना.७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका १ मा ना.६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका ८ मा ना.२ ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ मा बा.३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका १ मा भे.७ प ४७५७ र  भे.७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका ६ मा ना.८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्