काठमाडौं, १३ जेठ । नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्चिम आठबिसकोट ४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका १२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द अन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् ।
जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका २ मा ना.७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका १ मा ना.६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका ८ मा ना.२ ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ मा बा.३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका १ मा भे.७ प ४७५७ र भे.७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका ६ मा ना.८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज
