बुधबार कति छ सुनकाे भाउ ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, १ जेठ। बुधबार नेपाली बजारमा सुन भाउ घटेको छ। आज छापावाल सुनको भाउमा गिरावट आएको हो।

मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा ७ सय २५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ। मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्