काठकाडौं, ११ वैशाख । हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको हो।
निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर गए राति १२ बजेपछि लागू भएको आयल निगमले जनाएको छ ।
यसैबीच मूल्य घटाएपछि हवाई इन्धनको मूल्य अहिले प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो ।



लाेकपाटी न्यूज