काठमाडौं, २३ चैत । ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोट खेलमा नेपालले चिर प्रतिद्वन्दी भारतसँग प्रतिपर्धा गर्दैछ ।
आज हुने खेल नेपाली समय अनुसार २ः१५ मा सुरु हुने जनाइएको छ । पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ३–१ गोल अन्तरले पराजित नेपाल आजको खेलमा जित निकाल्दै पहिलो अंकको खोजिमा हुनेछ ।
नेपाललाई दोस्रो चरणमा पुग्न भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । यता पहिलो खेलमा इन्डोनेसियालाई हराएको भारत आजको खेलमा पनि जित निकाल्दै आफूलाई बलियो बनाउने पक्षमा छ ।
आजको खेलमा जित निकाल्दै नेपाल पाँचौ महिला साफको फाइनल खेलमा भोगेको पीडालाई भुलाउने योजनामा हुने आशा राखिएको छ ।



लाेकपाटी न्यूज

