शेयर बजारमा सात अङ्कको गिरावट

Share Market
लाेकपाटी न्यूज

काठमाडौं, ५ चैत । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६‍.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार नेप्से परिसूचक घटेर एक हजार १४७.१५ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता शेयर रु. १४ करोड ८६ लाख ३३ हजार २४५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उप–समूहमध्ये आज सबै उप–समूहको शेयर घटेको छ । बैंकिङ ६.७५, व्यापार २.८७, होटल उपसमूहको शेयर कारोवार भएन । यस्तै विकास बैंक ९.९८, जलविद्युत् ७.८५, वित्त ३.२७, निर्जीवन बीमा २२.३९, उत्पादन ४.७४, अन्य ४.३३, लघुवित्त ७.४३ र जीवन बीमा २०.२३ विन्दुले घटेका छन् ।

स्टकका अनुसार नागरिक लगानी कोषको रु. दुई करोड ३५ लाख ४६ हजार ४०८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको रु. एक करोड ४६ लाख ७८ हजार ३९४, ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु. एक करोड १५ लाख १४ हजार १०२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर रु. ४७ लाख ७१ हजार ५०१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.९५ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल ४.८६, सिन्धु विकास बैंक ४.३५, सहयोगी विकास बैंक ३.६५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.२७ र नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् ।

नेशनल हाइड्रो पावर कम्पनीको शेयर अझै पनि प्रतिकित्ता रु. ७४ मा कारोवार भइरहेको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ४.८९, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, शाइन रेसुङगा डेभलपमेन्ट बैंक २.९४ र अरुण काबेली पावरका शेयरधनीले २.८५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्