पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित दोस्रो मेयरकप अन्तर वडास्तरीय नकआउट फुटबलको उपाधि सुनवल वडा नम्बर आठले जितेको छ।
सुनवल वडा नम्वर–३ मा रहेको कृर्तिपुर फुटबल मैदानमा सञ्चालित फाइनल खेलमा वडा नम्वर–८ ले वडा नम्वर–५ लाई दुई एक गोल अन्तर पछि पार्दै उपाधि कब्जा गरेको हो। उपाधि कब्जा गरेसंगै वडा नम्वर–८ ले रु. एक लाखसहित कप, मेडल र प्रमाण पत्र हात पारेको छ।
त्यस्तै उपविजेता बनेको वडा नम्वर–५ ले रु. साठी हजारसहित मेडल र प्रमाण प्रत्र हात परेको छ। त्यस्तै तेस्रो तथा सेमिफाइनलिष्टहरु वडा नम्वर ३ र ४ दुवै टिमले रु. १५/१५ हजार प्राप्त गरेका छन्। उत्कृष्ट खेलाडी वडा नम्वर–८ का सन्दिप राना मगर, गोलकिपर वडा नम्वर ८ कै विनोद गुरुङ भएका छन्।
उक्त खेलको म्यान अफ द सिरिज वडा नम्वर–५ का सागर गुरुङ भएका छन् भने उत्कृष्ट कोचमा वडा नम्वर–८ का रेसम राना र वडा नम्वर–३ का लोकबहादुर थापा उत्कृष्ट टिमम्यानेजर भएका छन्। उनीहरुलाई नगर प्रमुख भीमबहादुर थापा र प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलले नगद, मेडल र प्रमाण पत्रले पुरस्कृत गरे।
सुनवल नगरपालिका भित्रका १३ ओटै वडाको सहभागिता रहेको खेलमा वडा नम्वर ८ ले गत वर्षको प्रथम मेयर कप पनि आफ्नै पोल्टामा पारेको थियो।



लाेकपाटी न्यूज

