पीएनजीलाई पराजित गर्दै नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा

लोकपाटी न्यूज
  • पुस्कर बोहरा

काठमाडौं। त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल प्रतियोगिताको फाइनमा प्रवेश भएको छ। टियू क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश भएका हो।

नेपालले दिएको २ सय ४ रनको रनको लक्ष्य पछ्याएको पीएनजीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । उसका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ९ चौकाको मद्दतमा ६२ रन बनाए।

त्यस्तै, टोनी उराले ४३, सेसे बाउले २५ र नर्मन भानुआले १७ रनको योगदान दिए। बाँकी ब्याट्म्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। नेपालको जितमा करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए।

त्यस्तै, सोमपाल कामी, अविनाश बोहराले दुई/दुई र कप्तान सन्दीप लामिछानेले एक विकेट लिए। त्यसअघि, टस हारेर पहिला ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धतकीय पारी खेले। उनले ३२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाए। त्यस्तै, रोहितकुमार पौडेलले ४१, आसिफ शेखले ३८, मोहम्मद आदिल आलमले ३१ र कुशल भुर्तेलले १७ रनको योगदान दिए।

पीएनजीका लागि बलिङमा काबुआ मोरियाले तीन, रिले हेकुरेले दुई, नोसैना पोकना र नर्मन भानुआले एकरएक विकेट हात पारे।

आजको जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाकाको शीर्ष स्थानमा कायमै रहेको छ। त्यस्तै, जारी प्रतियोगितामा पीएनजीले तीन खेल खेल्दा तीनमै हार व्यहोरेको छ।