काठमाडौं। त्रिकोणात्मक -२० सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ। टियु मैदानमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले आजको खेलमा युवा अलराउन्डर ब्याटर आदिल अन्सारीलाई डेब्यू दिएको छ। नेपालले कुशल मल्लको स्थानमा आदिललाई नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू दिएका हुन्।
आदिलले एपीएफविरुद्ध १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रनको इनिङ्स खेलेका थिए। यस्तै, गत डिसेम्बरमा यू-१९ एसिया कपमा कुवेतविरुद्ध ४९ रन जोडेका थिए। यू-१९ राष्ट्रिय प्रतियोगितामा उनले सुदूरपश्चिम प्रदेशविरूद्व ४३ बलमा ७ चौका र ६ छक्कासहित ८७ रनको विष्फोटक इनिङ्स खेलेका थिए।
नेपाल आवको खेलमा विजयी भए ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुग्नेछ। पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल।



लोकपाटी न्यूज

