पीएनजीविरुद्ध नेपालको एक सय रन पूरा

लोकपाटी न्यूज

काठमाडौं। चारदेशीय सिरिज अन्तर्गत प्रतियोगितको पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालले १ सय रन पूरा गरेको छ। नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।

पीएनजीविरुद्ध नेपालले आज पहिलो विकेट सस्तैमा गुमाएको थियो। नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई २० रनमा गुमाएको हो।

यो समाचार तयार पार्दासम्म नेपालले ११.३ ओभरमा दुई विकेट गुमाएर १ सय ५ रन बनाएको छ। नेपालले दोस्रो विकेटको रुपमा आसिफ शेखलाई ४३ रनमा गुमाएको हो। अहिले क्रिजमा रोहित ३१ र दीपेन्द्र सिंह ऐरी १ रनमा अविजित ब्याटिङ गरिरहेका छन्।

यो समाचार तयार पार्दासम्म नेपालले २.४ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको छ। नेपालले आज पीएनजीवरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको थियो।