पीएनजीविरुद्ध नेपालको खराब सुरुवात

लोकपाटी न्यूज

काठमाडौं। चारदेशीय सिरिज अन्तर्गत प्रतियोगितको पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ। नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई २० रनमा गुमाएको हो।

यो समाचार तयार पार्दासम्म नेपालले २.४ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको छ। नेपालले आज पीएनजीवरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको थियो।

टी-२० मा नेपाल र पिएनजीबीच पछिल्लो पटक सन् २०१५ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा पिएनजी ८ विकेटले विजयी भएको थियो।

यसअघि त्रिविमै पिएनजी र नेपालबीच दुई खेलको एकदिवसीय सिरिजमा प्रतिस्पर्धा भएको थियो। दुवै खेल जित्दै पिएनजीले सिरिज कब्जा गरेको थियो।

नेपालको टी-२० टिम : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल।