पीएनजीको २ सय रन पूरा, दबाबमा नेपाली बलर

लोकपाटी न्यूज

काठमाडौं। पपुवा न्युगिनी (पीएनजी) ले नेपालविरुद्ध २ सय रन पूरा गरेको छे। नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले ३५.४ ओभरमा ४ विकेट गुमाएर पूरा २ सय रन पूरा गरेको हो।

दोस्रो खेलमा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा पीएजनीले सुरुवाती विकेट सस्तैमा गुमाएको थियो। तर, पछिका ब्याट्सम्यानले राम्रो साझेदारी गरेर पीएनजीलाई २ सय रनको स्कोरमा पुर्याएका छन्।

पीएनजीका लागि अहिले क्रिजमा सेसे बाउ २७ र रिले हेकुरे ९ रनमा अवजित ब्याटिङ गरिरहेका छन्। यो समाचार तयार पार्दासम्म पीएनजीले ओभरमा विकेट गुमाएर रन बनाएको छ।

एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट २ सय ७८ गुमाएर रन बनायो।

उसका लागि ब्याटर दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले। उनले १ सय ४० बलमा सात चौकाको मद्दतमा १ सय ४ रन बनाए। त्यस्तै, देव खनाले पनि अर्धशतकीय पारी खेले। उनले ८६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७२ रन बनाए।

त्यस्तै, रोहितकुमार पौडेलले ३५, भीम शार्कीले २६ र कप्तान सन्दीप लामिछानेले २४ रनको योगदान दिए। पीएनजीका लागि बलिङमा एली नोले तीन, नर्मन भानुआले दुई, चाड सोपर र चार्ल्स अमिनीले एक/एक विकेट लिए।