नेपाललाई बलियाे लक्ष्य दिन चुक्यो पीएनजी

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको मौका पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो।

उसका लागि कप्तान असद वालाले सर्वाधिक ४५ रन बनाए। त्यस्तै, लेगा सियाकाले २०, सेसे बाउले १९, नर्मन भानुआले १८, चार्ल्स अमिनीले १३ र चाड सोपरले अविजित २२ रनको योगदान दिए।

नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछाने, सोमपाल कामीले २/२, करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।