काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जनाएका छन् ।
अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ ।
कप्तानबाट मल्ललाई बर्खास्त गरेसँगै नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन समेत गरिएको छ ।



लोकपाटी न्यूज

