नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य प्रस्तुत

Nepali cricket01
लाेकपाटी न्यूज

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेलमा जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार दुवईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्काले २९ रनको योगदान गर्दा तथा सन्दीप जोराले २८ रन जोडे ।

नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा छ । नेपाल अन्तिम खेल जित्दै पहिलो टी-ट्वान्टी सिरिज जित्न चाहन्छ ।

नेपालले यसअघि तीन खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको थियो ।

वर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरमा झारिएको हो ।