सिंगटी हाइड्रोकाे आइपिओमा १३ लाखकाे हात खाली

लोकपाटी न्यूज

काठमाडौं। सिंगटी हाइड्रो इनर्जीले शुक्रबार बिहान आइपिओ बाँडफाँड गरेको छ। १५ लाख ६५ हजार ५ सय ३० जनाले दिएको आवेदनमा १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको छ। बाँकी ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको बिक्रि प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

योग्य आवेदकमा पनि १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। त्यसमध्ये २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन्। शेयर नपाउनेको संख्या भने १२ लाख ९५ हजार ८ सय ३० रहेको छ।

उक्त कम्पनीले चैत ३ गतेदेखि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्वसाधरणका लागि निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत (५७ हजार कित्ता) शेयर कर्मचारीका लागि र पाँच प्रतिशत(१ लाख ४५ हजार कित्ता) शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।सेयरकाे नतिजा केही घन्टाभित्रै हेर्न सकिने क्यापिटलले जनाएको छ। आईपीओको रिजल्ट सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्