९ महिनामै दाेब्बरले बढे डिम्याट खाता खाेल्नेकाे सँख्या

लोकपाटी न्यूज

काठमाडाैँ। डिम्याट खाता खोल्नेको सँख्या ३२ लाख ७२ हजार पुगेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। यस्तो खाता खोल्नेको सँख्या असार मसान्तमा १६ लाख ८३ हजार एक सय २ मात्रै थिए। ९ महिनामै डिम्याट खाता खोल्नेको सँख्या दोब्बर भएको हो।

सिडिएस एण्ड क्लियरिङले सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको बताउछ। सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेयर बजारबारे धेरै प्रचार, प्रसारका कारण डिम्याट खाता खोल्नेको सँख्या पनि बढेको बताउछन्। ‘बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्, हाल नयाँ बीमा कम्पनीसहित धेरैको आइपिओ पनि आइरहेको छ, यसले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो’ उनले भने । उनका अनुसार कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्