भ्रष्टाचारमुक्त प्रदेश बनाउन नीतिगत योजना बनाइने छ : मुख्यमन्त्री कार्की

Hikmat_Karki
लोकपाटी न्यूज

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाललाई भ्रष्टाचारमुक्त मुलुकका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकमा भ्रष्टाचारलाई शून्य प्रतिशत सहनशीलताको स्थानमा पुर्‍याउनु पर्ने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी दुवै शत्रु भएका बताए। मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकायलगायत सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने आवश्यकता उनले औँल्याए। प्रदेशमा भ्रष्टाचारविरुद्धको रणनीति बनाउन आवश्यक छलफल गरी नीतिगत योजना बनाइने उनले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई नियन्त्रण गर्न विधि, नीत बनाएर प्रतिबद्धतासहित कार्य गरेमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विचार राखे। उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा मुलुकको सकारात्मक पहिचान बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकाले यसमा हामी सबैले आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्