एक हजार दुई सयले घट्यो सुनको मूल्य

Gold
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ ले घटेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्