सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

Gold
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार, सुनको मूल्य प्रति तोला एक हजार तीन सयले वृद्धि भएको छ। विहीबार प्रतितोला एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा ३० ले वृद्धि भएको छ। विहीबार तोलामा एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्