काठमाडौं। साफ यु-२० च्याम्पियनसिप फुटबलमा आइतबार पहिलो सेमिफाइनलको खेल हुनेछ। आज हुने सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।
नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो। यस्तै, भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो। भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो। दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।



लोकपाटी न्यूज

