काठमाडौं। फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेको केही समयमा नै विश्व कीर्तिमान राखेका छन्। उनले युट्युबमा ‘यूआर क्रिस्टियानो’ नामक च्यानल खोलेर सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका थिए।
रोनाल्डोले युट्युब च्यानल खोलेसँगै उनका फलोअरहरू तीव्र रूपमा बढीरहेका छन्। उनी युट्युबमा सबैभन्दा छिटो १ लाख सब्सक्राइबर र्पुयाउने खेलाडी बनेका छन्। ९० मिनेटमै उनका १० लाखभन्दा बढी सब्सक्राइबर पुगेका छन्। उनले युट्युबबाट ‘गोल्डेन प्लेट बटन’ समेत पाइसकेका छन्। यो समाचार लेख्दासम्म रोनाल्डोको युट्युबमा सब्क्राइबर्सको संख्या १४ मिलियन पुगिसकेको छ।



लोकपाटी न्यूज

