बालकलाकार श्रेयष पौडेल क्षेत्री यु-१९ फुटबल खेल्न डेनमार्क प्रस्थान गरे

shiriya-poudel
लोकपाटी न्यूज

काठमाडौं। खेल जगतमा अगाडि बढिरहेका श्रेयष पौडेल क्षेत्री (Under 19 Cup) फुटबल खेल्न डेनमार्क (Hjorring) प्रस्थान गरेका छन्। आइतबार अरियम एकेडेमीबाट नेपालको प्रतिनिधित्व गर्दै दाना कप खेल्न प्रशिक्षकसहित १२ खेलाडी डेनमार्कका लागि प्रस्थान गरेका हुन्।

दिवास अगस्तीको प्रशिक्षण तथा व्यवस्थापनमा दाना कप सन् २०२४ मा क्षेत्री सहित रोयल्सा गिरी, प्रिन्स भण्डारी, निर्भिक सिंङ, युश दुलाल, आर्जल अधिकारी, समिक गिरी, आभास तामाङ, प्रतीक उप्रेती, रोशन चन्द, आरोग्य श्रेष्ठ र सुएव शर्मा दुलालले खेल्नेछन्।

श्रेयष पौडेल क्षेत्रीले चलचित्र दुई नम्वरीबाट युएई (Dubai, मलेसिया लगायतका विभिन्न देशहरुबाटसमेत लगातार उत्कृष्ट बालकलाकारको उपाधी पाएका छन्।