काठमाडौं। इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले पद छोडेका छन्। साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इंग्लीश फुटबल संघले जनाएको हो।
जर्मनीमा सम्पन्न युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा इंगल्याण्ड स्पेनसँग २-१ ले पराजित भएको थियो। यो साउथगेटको प्रशिक्षणमा इंगल्याण्डको लगातार दोस्रो युरो कप फाइनल हार थियो।
यसअघि सन् २०२१ को फाइनलमा इंग्ल्याण्डलाई इटालीले टाइब्रेकरमा हराएको थियो। सन् २०१६ मा इंग्लीश टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका साउथगेटले ८ वर्ष टोलीको प्रशिक्षण सम्हाले।
उनको नेतृत्वमा इंग्ल्याण्डले १ सय २ खेल खेल्दा ६१ खेलमा जित हासिल ग¥या्े। साउथगेटको सम्झौता यस वर्षको डिसेम्बरमा समाप्त हुने थियो। साउथगेटले पद छाडेसँगै इंग्लीश टोलीको नयाँ प्रशिक्षकको खोजी सुरु भएको छ।



लोकपाटी न्यूज

