सुनको मूल्य हालसम्मकै उच्च

Gold
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्