काठमाडौं। क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो भएको छ। आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी भएपछि खेल सुटआउटमा पुगेको हो।
क्यानडाका इस्मल कोन र अल्फन्डो डेभिसले पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका थिए। त्यसअघि निर्धारित समय र एक्स्ट्रा समयको खेल २-२ गोलको बराबरीमा सकियो। खेलको आठौं मिनेटमा रोद्रिगो बेन्टाकुलरको गोलबाट उरूग्वेले अग्रता लियो।
क्यानडाका कोनले २२ मिनेटमा बराबरी गोल फर्काए। ८० मिनेटमा जोनाथन डेभिडले गोल गरेपछि क्यानडाले खेलमा अग्रता लियो। उरुग्वेका लागि फेडेरिको भलभर्डे, रोड्रिगो बेन्टानकुर, डे अरास्काएटा रलुइस सुवारेजले गोल गरे।
खेलको आठौं मिनेटमा रोड्रिगोलबेन्ट नकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। मोनले २२औं मिनेटमा क्यानडाका लागि बराबरी गोल गरेका थिए।
यस्तै ८०औं मिनेटमा जोनाथन डेविडले गोल गर्दै क्यानडालाई २-१ को अग्रता दिलाउँदै जित नजिक र्पुयाएका थिए। तर, अन्तिम सममया सम्हालिन नसक्दा पहिलो सहभागितामै तेस्रो बन्ने अवसर क्यानडाले गुमायो। उपाधिका लागि भोलि विहान अर्जेन्टिना र कोलम्बियाबीच खेल हुनेछ।



लोकपाटी न्यूज

