काठमाडौं। युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमीफाइलनल पुग्ने दुई टिमको टुंगो शनिबार राति लागेसँगै युरोकपको सेमिफाइनल समीकरणपूरा भएको हो।
२४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन्। जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन्। इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीचको खेलको टुंगो टाइब्रेकरबाट लागेको हो।
सेमिफाइनलमा स्थान सुरक्षित गर्न नेदरल्याण्ड्स टर्किएविरूद्ध २-१ गोलले विजयी भएको हो। स्पेन र फ्रान्स यसअघि नै सेमिफाइनलमा पुगेको थियो। स्पेनले जर्मनी र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो।
सेमिफाइनल खेल जुलाई १० देखि हुनेछ। पहिलो सेमिफाइनल खेल स्पेन र फ्रान्सबीच बुधबार राति १२:४५ बजे हुनेछ। दोस्रो सेमिफाइनल नेदरल्याण्ड र इंग्ल्याण्डबीच बिहीबार राति १२:४५ बजे हुनेछ। फाइनल खेल जुलाई १५ मा हुनेछ।



लोकपाटी न्यूज

