इङ्ल्यान्डसँग ८ विकेटले पराजित वेस्ट इन्डिज

T20 Cricket WCup England West Indies
T20 Cricket WCup England West Indies
लोकपाटी न्यूज

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान खेलिएको सुपर-८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ। इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोज्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्ता दिएको थियो।

सुरुवाति ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।